गुल्मी, १७ फागुन । इस्मा गाउँपालिका –२ स्थित पालुखा माध्यमिक विद्यालयको ४४ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । फागुन १५ गते देखि सुरु भएको बार्षिकोत्सव विविध कार्यक्रम सम्पन्न गर्दै बुधबार सम्पन्न भएको हो । कार्यक्रमको पहिलो दिन अन्तर सदनात्मक छात्र÷छात्रा भोलिबल प्रतियोगिता सन्चालन गरिएको थियो । जस्मा छात्र तर्फ मदाने सदन प्रथम, रेसुङ्गा सदन द्धितिय र छात्रा तर्फ मदाने सदन प्रथम र रेसुङ्गा सदन दितिय भएका छन् । यसैगरी अन्तर सदनात्मक छात्र÷छात्रा फुटबल प्रतिगितामा छात्रतर्फ मदाने सदन प्रथम र सत्यवति सदन द्वितिय एवम् छात्रा तर्फ मदाने सदन प्रथम भएको छ । कक्ष १ देखि ३ सम्मको छात्र चम्चा दौडमा श्रीधर कुवर प्रथम, मदन मुखिया द्वितीय र अर्पण के सि तृतीय भएका छन । छात्रा तर्फ निर्मला कुवर प्रथम, अस्मिता बि क द्वितिय र सृजना मुखिया तृतीय भएका छन ।
कक्षा ३ देखि ५ सम्म को २०० मिटर दौडमा छात्र तर्फ प्रदिप मगर प्रथम, सन्देश श्रेष्ठ द्वितीय र सुबास बिक तृतीय भएका छन । छात्रा तर्फ लक्ष्य बिक प्रथम, वृक्ष थापा द्वितीय र सुस्मा मुखिया तृतीय भएका छन । कक्षा ७–१२ सम्मको बेलुन डान्समा अस्मिता मुखिया र रक्षा खनाल प्रथम, सपना थापा र सर्मिला मुखिया द्वितीय, शुसिला पोख्रेल र मन्जु महत तृतिया भएका छ्न । कक्षा ३–६ तर्फ प्रथम पुनकला र सर्मिला मुखिया, द्वितीय संगीता कुवर र सुरक्षा मुखिया, तृतीय समिक्षा कुवर र रश्मी मुखिया भएका छन । यसै गरि अन्तर सदनात्मक हाजिरि जवाफ प्रतियोगितामा रेसुङ्गा प्रथम, सत्यवती द्वितीय भएका छ्न । शिक्षककहरुको चेयर रेसमा यमकला घिमिरे प्रथम हुनु भएको थियो। विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, मेडल तथा जेन्सिले सम्मान गरिएको छ ।
कार्यक्रममा विभिन्न सहयोगि दाताहरुलाई दोसोल्लाले सम्मान गरिएको थियो । लोक दोहोरी गायक हरि खत्री र सन्चार कर्मी तथा गायक गगन सिंह सिंजालीको साङ्गितक प्रस्तुति तथा विद्यार्थीहरुले विभिन्न सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानध्यापक बाबुराम खत्रीले विद्यालयको वार्सिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि इस्मा गाउपालिका उपाध्यक्ष पार्वता कुवर, यु ड्ब्लु एस नेपाल गुल्मीका अधिकृत अनुज सिग्देल लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामलाल केसिको अध्यक्षता, प्रधानध्यापक बाबुराम खत्रीको स्वागत मन्तव्य तथा साहयक प्रधानध्यापक भुपाल केसिको संचालनमा सम्पन्न भएको थियोे