चौराह अस्पतालद्धारा गल्ती स्वीकार

हुमाकान्त पोखरेल
गुल्मी, २३ फागुन । गुल्मीमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा म्याद सकिएका औषधी वितरण गरेको पाइएपछि बुटवलस्थित चौडाह अस्पतालले गल्ती स्वीकार गरेको छ । रेसुङ्गा नगरपालिकाले अस्पताललाई सोमबार सोधेको स्पष्टीकरणमा सोमबार नै जवाफ पठाउदै अस्पतालले आफुहरूको गल्ति भएको स्वीकारेको हो । शिविरमा औषधी सबै अस्पतालले निःशुल्क रूपमा व्यवस्था गरेको थियो । तर आइतबार म्याद गुज्रेका औषधी वितरण गरेको पाइएपछि नगरपालिकाले सोमबार बिहानसम्म सबै औषधी फिर्ता गरेको थियो ।

सोमबार दिँउसो नगरपालिकाले कार्यालयमै पत्रकार सम्मेलन गरि चौडाह अस्पतालले गल्ती स्वीकार गरेको पत्र नै पठाएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । तर पत्रबाट गल्ती स्विकार गर्नु मात्र प्रधान बिषय नभई अस्पताललाई नै कारवाही गर्ने गरि नगरपालिकाले तयारी गरेको नगरप्रमुख पन्थीको भनाई छ । नगरप्रमुख पन्थीले पवित्र उदेश्य राखेर स्वास्थ्य शिविरको आयोजना गरेपनि अस्पतालको लाहापरवाहीले गर्दा केही समस्या भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा