गुल्मी स्ववियु : अखिल पहिलो, क्रान्तिकारी दोस्रो र नेविसंघ तेस्रो

गुल्मी, ०८ चैत । गुल्मीका सबै क्याम्पसहरुमा चैत ०५ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । जिल्लामा अवस्थित ११ क्याम्पसमध्ये तीन क्याम्पसमा निर्वाचन र नौ क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको हो । जसमा नेकपा एमाले निकट अनेरास्ववियुले पाँच क्याम्पसमा नेतृत्व लिदैँ प्रथम, नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले चार क्याम्पसमा नेतृत्व लिदैँ दोस्रो र नेपाली काँग्रेस निकट नेविसंघले दुई क्याम्पसमा नेतृत्व लिदैँ तेस्रो भएको छ ।

अनेरास्ववियुबाट रिडी क्याम्पसमा गंगा कुँवर, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी र मानका टिकाराम क्याम्पसमा आकाश खरेल स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)बाट चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रभा पौडेल, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इन्द्र पोखरेल, जनज्योती क्याम्पसमा जीवन पौडेल र श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा विशाल थापा स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै नेपाल विद्यार्थी संघबाट रेसुङ्गा बहुमुखी क्याम्पसमा पुनाराम घिमिरे र रुरु संस्कृत विद्यापिठमा नारायण पन्थी स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा