केपी ओली सोमबार गुल्मी आउँदै

गुल्मी, १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली सोमबार गुल्मी आउने भएका छन् । एमालेको मिसन ग्रासरुट एवम् बृहत प्रशिक्षण भेलालाई सम्बोधन गर्न ओली जिल्ला सदरमुकाम तम्घास आउने भएका हुन् । सोमबार बिहान अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा भेटघाट कार्यक्रमपश्चात उनी १० बजे तम्घास आउनेछन् । लगत्तै १२ बजेबाट प्रशिक्षण कार्यक्रम सुरु हुने एमाले युवा नेता काँशि पाण्डेले बताए ।

प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला कमिटीका पदाधिकारीसहित सदस्य, प्रदेश समितिका सदस्य, गाउँ कमिटीका पदाधिकारी एवम् सदस्य, वडा कमिटीका अध्यक्ष, जनवर्गिय संगठनका प्रमुख लगायत एमालेका अगुवा नेता तथा कार्यक्रताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको पाण्डेले बताए । ओली सोमबार तम्घासमै बस्ने र मंगलबार बिहान पाल्पा प्रस्थान गर्ने कार्यक्रम छ । केपी ओली आउने भएपछि तम्घासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने एमालेले तयारी पुरा गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा