गुल्मी, ०५ वैशाख ।
गुल्मीमा आगो निभाउने क्रममा एकजना घाइते भएका छन् । मंगलबार दिउँसो तीन बजे जिल्लाको छत्रकोट गाउँपालिका–२ स्थित रानिबनमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ७१ बर्षिय सुर्य बहादुर रजाली घाइते भएको प्रहरीले जनाएको छ । रजालीको हात खुट्टामा सामान्य जलन भएको कारण श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपश्चात घर फर्काइएको छ ।
आगलागीमा परि चार गोठ जलेर नष्ट भएका छन् । बनबाट सल्किएको आगो बस्तीमा जाँदा स्थानीय ४७ बर्षिय खिमा रजालीको दुई तले टिनको छाना भएको कच्ची गोठ, ४७ बर्षिय दुर्गा बहादुर रजालीको टिनको छानो भएको दुई तले गोठ, ४० बर्षिय रुपा बराल र ४० बर्षिय कुल बहादुर रजालीको गोठ जलेर नष्ट भएको हो । आगलागीमा परी दुर्गा बहादुरको गोठमा रहेका बाख्राको बीउ बोकाको समेत मृत्यु भएको छ ।