गुल्मी : पाँच दिनमा आइपुगे २० हजार बढी सेट पुस्तक

हुमाकान्त पोखरेल
गुल्मी, ०६ वैशाख । नयाँ शैक्षिक सत्र सुरु भएको पाँच दिनमै गुल्मीमा २० हजार बढी पाठ्यपुस्तकका सेट आएका छन् । शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीका अनुसार हालसम्म २० हजार चार सय अर्थात कुल माग सङ्ख्याको २० प्रतिशत पुस्तक जिल्ला भित्रिएका हुन् । गुल्मीमा कक्षा १ देखि १२ सम्म करिब ६८ हजार विद्यार्थी रहेकोले प्रति विद्यार्थी एक÷एक सेटका दरले पुस्तक आवश्यक पर्छ । अहिले तम्घासका दुई, वामी, मजुवा लगायतका ठाउँका डिलरहरुबाट पुस्तक वितरण भईरहेको छ । गत चैत १३ गते प्रधानमन्त्रीको कार्यालयले पुस्तक समयमै विद्यार्थीको हातमा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिएसँगै पाठ्यपुस्तक जिल्ला भित्रिएका हुन् । गत बर्ष यसै समयमा एकदमै न्यून सङ्ख्यामा प्रति विद्यार्थी एक÷दुई वटा मात्र पुस्तक आएका थिए । जसले गर्दा विद्यार्थीहरुले पुराना पुस्तकहरु पढ्न बाध्य थिए । तर यो बर्ष भने पुस्तकको सेट नै उपलब्ध भएको छ । हालसम्म माग गरेका विद्यालयहरुले पुस्तक लगिसकेको र पुस्तक नपाएको गुनासो कार्यालयमा नआएको मरासिनीको भनाई छ । जिल्लामा १५ गतेभित्र बाँकि ७० प्रतिशत पाठ्यपुस्तक आइपुग्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा