गुल्मी, ७ बैशाख
निजामती कर्मचारी संगठनको ३३ औ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफुल वितरण तथा रक्तदान गरिएको छ । निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा गुल्मी अस्पतालका बिरामीलाई फलफुल वितरण तथा कर्मचारीहरुले रक्तदान गरेका छन् । अस्पतालको आवश्यकताको आधारमा महिनाभर रक्तदान गरिने संगठनले जनाएको छ । प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलले रक्तदान र फलफुल वितरणको प्रसंसा गर्दै कर्मचारीबिचको एकता आवश्यक रहेको बताए । उनले एकताको बलमा उदेश्य पुरा हुने भएकाले सवै कर्मचारीलाई एकजुट भएर आफ्ना हकहितसंगै नागरिक मैत्री सेवामा उत्प्रेरित हुनुपर्ने बताए । कर्मचारी संगठनका लुम्बिनी प्रदेश इन्चार्ज दधिराम खनालले ४० हजार कर्मचारी आबद्ध जेठो संगठनले देशका ७७ वटै जिल्लामा विभिन्न रचनात्मक काम गरेर स्थापना दिवस मनाएको बताए । उनले निजामती ऐनका बिषयमा आम पेशाकर्मीहरु एक भएर लाग्नुपर्ने बताए । संगठनका जिल्ला अध्यक्ष भिमलाल खनालले स्थापना दिवसले कर्मचारीहरुमा एकता, उत्साह र सृजनात्मक काम गर्ने प्रेरणा प्रदान गरेको बताए । खनालले दिवसको अवसरमा गुल्मी अस्पतालमा आयोजित फलफुल वितरण तथा रक्तदान कार्यक्रममा सहभागी सवैलाई धन्यवाद दिए । कार्यक्रम संगठनका केन्द्रिय पार्षद लालमणी भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।