गुल्मी, ०७ वैशाख ।
गण्डकी इङ्लिस बाेर्डिङ स्कुल, रेसुङ्गा नगरपालिका -१ गुल्मीको २० अाैँ बार्षिकाेत्सव एवम् नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमकाे आयाेजना गरि विध्यालयले शैक्षिक सत्र २०७९ काे नजिता सार्वजनिक गरेकाे हाे । विध्यालयले कक्षा आठमा छात्रा अनमिका परियारलाई ०७९ कै उत्कृष्ट विध्यार्थीकाे रूपमा पुरस्कृत गरेकाे छ ।
त्यस्तै कक्षा एलकेजी देखि नाै सम्मका विध्यार्थीहरूलाई कक्षामा उत्कृष्ट हुने एवम् विभिन्न विधामा उत्कृष्ट हुने विध्यार्थीहरूलाई पुरस्कृत गरेकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिका उप-प्रमुख अमृता देवि कुँवरले गण्डकी इङ्गिस बाेर्डिङ स्कुलले नगरपालिकाकाे समेत शैक्षिक गुणस्तरमा उल्लेख्य याेगदान गरेकाे भन्दै आगामी दिनमा पनि थप प्रगतिकाे शुभकामना व्यक्त गरिन् । त्यसका साथै उनले आगामी दिनमा विध्यालयलाई नगरपालिकाको तर्फबाट हुने सबै सहयाेग उपलब्ध गराउने बताइन् ।
कार्यक्रममा सह- प्रिन्सिपल सुनिल बस्नेतले विध्यालयकाे प्रगति विवरण पेश गरेका थिए । जसअनुसार गत बर्षभन्दा यस बर्ष आधारभूत र माध्यमिक तहमा शैक्षिक उपलब्धि बृद्वि भएको छ । यस बर्ष विध्यालयले आधारभूत तहमा ८० र माध्यमिक तहमा ८५ प्रतिशत शैक्षिक उपलब्धि पुर्याउने लक्ष्य लिएको छ । विध्यालयले बार्षिक जेहन्दार २६, विपन्न १९, दलित सात, अपांग पाँच र मुस्लिम समुदायबाट सातजनालाई छात्रवृत्तिकाे व्यवस्था गरेको छ ।
अतिरिक्त क्रियाकलापअन्तरगत गत बर्ष लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा द्वितीय, जिल्लास्तरीय वक्तृत्वकलामा प्रथम, जिल्लास्तरीय नृत्य प्रतियाेगितामा द्वितीय एवम् जिल्ला स्तरीय गायन प्रतियोगितामा तृतीय भएको सह-प्रिन्सिपल बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर मरासिनी, पत्रकार महासंघका अध्यक्ष टाेपलाल अर्याल, विध्यालयका प्रबन्ध निर्देशक पशुपतिनाथ अर्याल विभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधि, शिक्षक अभिभावक संघ एवम् विध्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरू, पत्रकार, अभिभावक, विध्यार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद पाण्डेकाे अध्यक्षता तथा शिक्षक अनिश सुवानीकाे संचालनमा सम्पन्न भएको थियाे ।