spot_imgspot_img

अनेरास्ववियू (क्रान्तिकारी) द्धारा भित्तेपात्रो बिमोचन

गुल्मी, ११ वैशाख ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी, जिल्ला समिति गुल्मीले नयाँ बर्ष २०८० को भित्ते पात्रो बिमोचन गरेको छ । आइतबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रमुख अतिथि समेत रहेका पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विर बहादुर कार्कीले संगठनको भित्ते पात्रो बिमोचन गरेका हुन् ।

कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य निम बहादुर पाण्डे, पार्टीका प्रदेश सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, जिल्ला सचिव अशोक थापा, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य भरत चन्द, प्रेस सेन्टरका केन्द्रीय सचिव प्रेम सुनार, जिल्ला उपाध्यक्ष डिबि खड्का लगायतको आतिथ्यता रहेको थियो । संगठनलाई चुस्त दुरुस्त एवम् गतिशिल बनाउनका लागि भित्ते पात्रो प्रकाशन गरिएको संगठनले जनाएको छ । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष राजन पोखरेलको अध्यक्षता, कोषाध्यक्ष हुमाकान्त पोखरेलको स्वागत मन्तव्य तथा सचिव किसन पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा