जिवनकाे चक्र : रूप एक, वयान अनेक

अनिशा अधिकारी 
मान्छेले जत्रै शालिन महल बनावोस्, त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ । जब मान्छे त्यो ढोकाबाट पस्छ अनिमात्र त्यो शालिन महलभित्रको सुन्दरता हेर्ने अवसर पाउँछ । अन्यथा, ऊ त्यो बाह्य आवरणमा लगाएको रङशिवाय अरू केही नहेरी फर्कन्छ ।
तसर्थ, जीवनमा मान्छेको आवरणमात्र होइन भित्री तवरसम्म हेर्न म अपरिहार्य छ भन्ने ठान्दछु । तिमीले यस शब्दलाई अर्ति अनि उपदेशको संज्ञा नदिनु म अज्ञानताभित्र मुछिइरहेको एउटा गाउँले हुँ । तिमीझैँ म सुन्दर पनि छैन । यसो हुनाले पनि म तिमीसँग मेरा हजार सय कुरा खोल्न सक्दिन । सधै म बन्द छु । न तिमीले मलाई पढ्यौ न त मैल नै तिमीसामु मेरो यो भित्रीरूपमा भरिएको किताब खोल्न सकेँ । तसर्थ, हामी वहावबिना बगिरहेका छौं ।
म मर्यादा पनि जान्दिन । यसो हुनाले एउटा झुत्रो भइसकेको डसनालाई सस्तो मखमली तन्नाले छोप्ने कुरा मैले यही समाजबाट जानेकि हुँ । यो मूर्खता हो या प्रेम ? म यो पनि जान्दिन । प्रेम कसैलाई पनि गर्न सकिन्छ तर त्यसका लागि विपरीत आशक्तता वा लगाव हुनु आवश्यक छ । शंकर र पारिजातको कथन जस्तै हामी फक्रन लागेको गुलाफलाई हेरेर हच्कन पनि सक्छौं । उसलाई थोरै छोएर छाडिदिन पनि सक्छौ । किनभने, सिजनको निथारमा फुलेको फूलमा भावुकता हुन सक्दैन । यो उसको अन्त्यको सङ्केत पनि हो ।’ यसो हुनाले पनि त्यो उपयोग गर्नका लागि हो, मात्र हेरेर त्यसमा आह्लादित हुनका लागि कदापि होइन । अरू त के कुरा साँचो अर्थमा तिमीलाई आफ्नो जन्ममिति पनि थाहा छैन । तर, अवास्तविक भने तिमीलाई थाहा छ र जसको तिमी बारम्बार प्रयोग गरिरहन्छौं । यस्तो किन हुन्छ भने हामी सधैँ अरूको नियन्त्रणमा नै छौं । चाहे त्यो जन्ममा होस् या हाम्रो कर्ममा । हामी यसो किन गर्छौं भने हामीलाई अग्रजबाट मिलेको शिक्षा पनि यही हो । हामी कहिल्यै स्वतन्त्र तवरले आफ्ना इच्छाहरू बोल्न सक्दैनौ ।
जीवन यसरी नै बित्छ, औँसी पूर्णे र पूर्णे औँसी भएर । यसैलाई चक्र भनिन्छ जीवनको । यो कतै मूल्यवान हुन्छ, अनि कतै कलुषित पनि ।
छट्पटाउँदै अन्धकार रात बिताएपछि तुवाँलो र हुस्सु नलागेमा भोलि बिहानको सूर्य पक्कै देख्न सकिन्छ । दुःख पनि यस्तै हो । प्रकृतिको इच्छाविपरीत हामी केही गर्न नसक्ने भइसकेका छौं । चाहेर पनि, त्यो कालोरातलाई बत्तीद्वारा उज्यालो पारे पनि हाम्रो निन्द्रा मज्जाले आइदिन्छ तर त्यो अन्धकारलाई चाहेर पनि हटाउन सकिँदैन । सधैँ पछ्याइरहन्छ, मानौँ त्यो हाम्रो छाया बनेको होस् । जसको इशारामा हामीले चल्नु उसको नियमभित्र पर्दछ ।
सार्थकता मनले खोजेर पाइने र तृप्त हुने कुरा पनि होइन । साँचो अर्थमा जीवन चलाउने कुरा आफ्नो निपूणतामा फरक पर्ने कुरा हो । जसरी माझीले डुङ्गालाई जस्तै बहावमा पनि आनन्दले चलाई यात्रुलाई पार लगाउँछ । हामी पनि हाम्रो यो जीवनलाई सफल माझी भएर पार लगाउने छौं । तर, हामी सिकारू भएको हुनाले डुङ्गा चाहिँ प्वाल नभएको रोज्नु पर्ने छ । जसमा सयर गर्दा सफलता र आनन्द दुवै मिल्ने छ । यहाँभन्दा पर जीवनको आनन्द कतै भेटिदैन पनि ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा