प्रथम राष्ट्रिय लेखक दिवस गुल्मीमा मनाइयो

गुल्मी, बैशाख १६
नेपाली लेखक संघ, गुल्मीले एक कार्यक्रमको आयोजना गरी प्रथम राष्ट्रिय लेखक दिवस मनाएको छ । वरिष्ठ साहित्यकार दिन पन्थी, चन्दकान्त पन्थी र गोपाल पन्थीको मन्तव्य रहेको उक्त कार्यक्रममा साहित्यकार प्राध्यापक लक्ष्मण प्रसाद रिजाल, मनबहादुर खत्री ‘मनु’, राम प्रसाद पन्थी, नवनाराण पन्थी लगायतले कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले वि. सं. १९८७ मा सरस्वती गुठी स्थापना गरी त्यस मार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले लक्ष्मी प्रसाद देवकोटा सहित ४५ जना कवि, लेखक तथा बुद्धिजिवीहरुले आजकै दिन तत्कालिन प्रधानमन्त्री श्री ३ भिम शम्शेर समक्ष निवेदन दिदां दण्डित गरेको दिनको स्मरण गर्दै बैशाख १६ लाई राष्ट्रिय लेखक दिवसको रुपमा मनाउने नेपाली लेखक संघ, केन्द्रको निर्णय अनुसार आज उक्त दिवस मनाएको जानकारी गराउनु भएको थियो । कार्यक्रम नेपाली लेखक संघ, गुल्मीका अध्यक्ष शशी पन्थीको अध्यक्षता, वरिष्ठ साहित्यकार दिन पन्थीको प्रमुख आतिथ्यता र चनक कुँवरको सञ्चालनमा किरण पुस्तकालय, तम्घासको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा