पत्रकार महासंघ, गुल्मीको १० औँ साधारण सभा सम्पन्न

गुल्मी, १६ वैशाख ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको १० औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासमा महासंघले १० औँ साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । जिल्लाका पूर्व पत्रकार एवम् हाल किरण पुस्तकालयका संस्थापक शशि पन्थीलाई पञ्चायतीकालदेखि नै पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । त्यस्तै पत्रकार महासंघ, गुल्मीका निवर्तमान एवम् पूर्व अध्यक्षहरुलाई संस्थागत विकासमा सहयोग गरेकोमा सम्मान गरिएको छ । संस्थापक अध्यक्ष हरी कुमार श्रेष्ठ, पूर्व अध्यक्ष जनार्दन घिमिरे, घनश्याम गौतम र नवराज भुसाललाई सम्मान गरिएको अध्यक्ष टोपलाल अर्यालले बताए । कार्यक्रमकै अवसरमा पत्रकार महासंघको स्थापना दिवसको अवसरमा उपल्लो तम्घास माविमा फरक क्षमता भएका बालबालिकाहरुको स्वास्थ्य परीक्षणमा सहयोग गर्ने गुल्मी अस्पताल र आँखा उपचार केन्द्रलाई पनि सम्मान गरिएको छ ।

त्यसैगरी विभिन्न पत्रकारिता पुरस्कारबाट जिल्लाका तीन पत्रकारहरुलाई सम्मान गरिएको छ । केशरजित पत्रकारिता पुरस्कारबाट अमृता गाहा मगर एवम् सिर्जनशिल पत्रकारिता पुरस्कारबाट मनु सुनार र माधव ज्ञवालीलाई सम्मान गरिएको महासंघका सह–सचिव तिलाचन पाण्डेले जानकारी दिए । कार्यक्रममा सचिव प्रेम सुनारले संस्थाको इतिहास सहित प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाबाट महासंघका साधारण सदस्यहरु  बिरामी परेमा उपचारको लागि राहत रकम प्रदान गर्न राहत कोष स्थापना गर्ने निर्णय भएको छ । त्यसैगरी उत्कृष्ट पत्रकारिता गर्नेलाई पुरस्कृत गर्नको लागि पनि कोष स्थापना गर्ने निर्णय भएको उपाध्यक्ष सीता भण्डारीले जानकारी दिइन् ।

कार्यक्रमकै अवसरमा महासंघमा आवद्ध सदस्यहरुको सुद्धिकरणका लागि निवर्तमान अध्यक्ष नवराज भुसाल, जनार्दन घिमिरे र महासंघका सह–सचिव तिलाचन पाण्डे सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि स्थानीय तहले विशेष किसिमको नीति तथा कार्यक्रम र बजेट बिनियोजन गनुपर्ने बताए । महासंघले अहिले सदस्य सुद्धिकरणका लागि अभियान चालेको भन्दै त्यसलाई जिल्लाले पूर्णता दिनुपर्ने पोखरेलले बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले व्यवस्था परिवर्तनको लागि पनि पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न पेशागत संघ संस्थाका प्रमुख, जिल्लामा क्रियाशिल संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालको अध्यक्षता, केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता, उपाध्यक्ष रेशम कुँवरको स्वागत मन्तव्य एव

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा