गुल्मीमा माविस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

गुल्मी, १९ वैशाख  । गुल्मीमा माध्यमिक तह (कक्षा ११÷१२) को जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको आयोजना र हिस्टुन गुल्मीको सह–आयोजनामा सिद्धबाबा माध्यमिक विद्यालयमा साेमबार प्रतियोगिता सञ्चालन गरिएको हो । ‘राष्ट्रको समुन्नतिमा विद्यार्थीको भूमिका’ शिर्षकमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा महेन्द्र नमुना माध्यमिक विद्यालयकी चन्द्रकला अर्याल प्रथम, नयाँगाउँ माध्यमिक विद्यालयका संगम सुनार द्धितिय, रेसुङ्गा माधयमिक विद्यालयकी ग्रीष्मा पाण्डे  तृतिय र सिद्धबाबा माध्यमिक विद्यालयकी सुस्मिता बस्नेत सान्तवना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई क्रमशः पाँच, चार, तीन र दुई हजार नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रम हिस्टुन गुल्मीका अध्यक्ष खेमराज अर्यालको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्यता र हिस्टुन गुल्मी उपाध्यक्ष युवराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लोकनाथ मरासिनी र निर्णायक संयोजक, बरिष्ठ साहित्यकार प्राध्यापक दीन पन्थीले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा