spot_imgspot_img

पत्रकार महासंघमा शुद्धिकरण : गुल्मीबाट ५९ सदस्य बाहिरिने

गुल्मी, ०९ जेठ : नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले सुरु गरेको शुद्धिकरण अभियानमा महासंघका ५९ जना साधारण सदस्य बाहिरिने भएका छन् । महासंघको शुद्धिकरण अभियान समितिले एक हप्तासम्म अध्ययन गरी क्रियाशिल र क्रियाशिल नभएका साधारण सदस्यहरु छुट्याएर ५९ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने गरी उक्त प्रतिवदेन कार्यसमितिलाई बुझाएको छ ।

कुल ८५ सदस्य रहेको पत्रकार महासंघमा अब २६ जनामात्रै साधारण सदस्य रहनेछन् । समितिको प्रतिवेदनमाथि आइतबार कार्यसमितिमा छलफल गरेको र बहुमतको आधारमा निर्णय गरी पारित गर्नको लागि महासंघको प्रदेश र केन्द्रमा पठाइएको अध्यक्ष टोपलाल अर्यालले बताए । गत वैशाखमा सम्पन्न महासंघको १० औँ साधारण सभाले जनार्दन घिमिरे संयोजक एवम् नवराज भुसाल र तिलाचन पाण्डे सदस्य रहने गरी तीन सदस्यीय शुद्धिकरण समिति गठन गरेको थियो ।

समितिले जेठ १ गते एक सूचना जारी गर्दै निष्क्रिय रहेका साधारण सदस्यहरुलाई पाँच दिनभित्र सदस्यता त्यागको स्व:घोषणा गर्न आग्रह गरेको थियो । जसमा तीनजनाले मात्रै सदस्यता त्यागेको घोषणा गरेका थिए । तीन बर्षदेखि पत्रकारितामा सक्रिय नरहेको, राजनीतिक दलको क्रियाशिल सदस्य वा पदाधिकारी रहेको, जनप्रतिनिधि रहेको, स्थायी, अस्थायी वा करार शिक्षक वा अन्य संस्थामा कार्यरत, छ महिनादेखि विदेशमा रहेको लगायतका आधारमा सदस्यहरुलाई हटाइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा