गुल्मीमा गाउँपालिकामध्ये धुर्कोटलाई सबैभन्दा बढी बजेट

गुल्मी, १६ जेठ । गुल्मीमा रहेका १० गाउँपालिकामध्ये धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि सबैभन्दा बढी बजेट प्राप्त गर्ने भएको छ । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले संसदमा प्रस्तुत गरेको बजेटमा धुर्कोटले गाउँपालिकामध्ये सबैभन्दा बढी र गुल्मीका १२ पालिकामध्ये बजेट प्राप्त गर्नेमा दोस्रो पालिका बनेको हो ।

आगामी आर्थिक बर्षका लागि रेसुङ्गा नगरपालिकामा भन्दा बढी बजेट धुर्कोटको लागि बिनियोजन भएको छ । आर्थिक बर्ष २०८०÷८१ का लागि धुर्कोट गाउँपालिकाले ४० करोड २७ लाख बजेट प्राप्त गर्दा रेसुङ्गा नगरपालिकाले भने ३९ करोड ६५ लाखमात्रै प्राप्त गर्ने भएको छ ।

जिल्लाभरमै बढी बजेट प्राप्त गरेको मुसिकोट नगरपालिकाले ४७ करोड ९७ लाख प्राप्त गर्ने भएको छ । गाउँपालिकाभरीमा दोस्रो भएको सत्यवतीले ४० करोड तीन लाख, मालिकाले ३८ करोड ३७ लाख, रुरुक्षेत्रले ३७ करोड ३७ लाख, मदानेले ३३ करोड ७३ लाख प्राप्त गर्ने भएको बजेटमा उल्लेख गरिएको छ । त्यसैगरी चन्द्रकोटले ३६ करोड १३ लाख, गुल्मीदरबारले ३२ करोड २१ लख, कालिगण्डकीले ३५ करोड ९० लाख र इस्मा गाउँपालिकाले ३२ करोड चार लाख बजेट प्राप्त गर्ने भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा