अनेमसंघ (क्रान्तिकारी)को संयोजकमा थापा सर्वसम्मत

गुल्मी, ३२ जेठ । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति गुल्मीको संयोजकमा गीता थापा सर्वसम्मत निर्वाचित भएकी छिन् । बिहीबार गुल्मी जिल्ला सदरमुकाम तम्घास स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न जिल्ला भेलाले थापालाई संयोजकमा सर्वसम्मत निर्वाचित गरेको हो । जसको सह–संयोजकमा मञ्जु दर्लामी, सचिवमा तारा खनाल निर्वाचित भएका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेकी संगठनकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पनुले राज्य व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब प्राप्त उपलब्धिको रक्षाका लागि सबै महिलाहरु एकजुट हुनुपर्ने बताइन् ।

त्यसका साथै उनले महिलाहरुको हित र रक्षा माओवादी केन्द्रले मात्रै गर्न सक्ने दाबी गरिन् । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विर बहादुर कार्की, संगठनकी केन्द्रीय सदस्य बिनिता रोका, प्रदेश उपाध्यक्ष सृजना तरामु, संगठनकी जिल्ला इन्चार्ज लिला थापा, प्रदेश सचिव टिका ओली लगायतका नेताहरुले मन्तव्य राखेको पार्टीका जिल्ला सचिव अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा