रेसुङ्गामा तीन महिने व्युटिपार्लर तालिम सम्पन्न

गुल्मी, ०२ असार ।  रेसुङ्गा नगरपालिकामा एकल र दलित महिलाहरुका लागि तीन महिने आधारभूत व्यूटिपार्लर तालिम सम्पन्न भएको छ । ग्रामीण साझेदारी विकास केन्द्रको आयोजना तथा रेसुङ्गा नगरपालिकाको सहयोगमा सम्पन्न तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमबीच समापन गरिएको छ ।

तीन महिने तालिममा सातजना दलित, छजना एकल एवम् सातजना जनजाती र ब्राह्मण÷क्षेत्री समुदायको गरी कुल २० महिलाहरुको सहभागिता रहेको थियो । तालिममा व्युटिपार्लरसम्बन्धि आधारभूत बिषयमा ज्ञान दिइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह गरे । त्यसका साथै उनले आगामी दिनमा उच्चस्तरको सीप सिकाउन पनि नगरपालिकाले सहयोग गर्ने बताए ।

प्रशिक्षक कोपिला मरासिनीले प्रशिक्षार्थीहरुलाई व्युटिपार्लरसम्बन्धि केही गर्नुपर्छ भन्ने भावना विकसित भएको बताइन् । प्रशिक्षार्थी मोनिका सुनारले तालिम उपलब्धिमुलक भएको भन्दै त्यसलाई व्यवहारमा उतार्ने प्रतिक्रिया दिइन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद अर्याल, महिला विकास निरीक्षक कल्पना पाण्डे, पत्रकार हुमाकान्त पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु प्रसाद बलालको अध्यक्षता एवम् सचिव रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा