आमाको स्मृतीमा विद्यालयमा अक्षयकोष

हुमाकान्त पोखरेल
गुल्मी, ०७ असार । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित देविस्थान प्राथमिक विद्यालयमा आमाको स्मृतीमा छोराहरुले अक्षयकोष स्थापना गरेका छन् । स्थानीय विराज, किशोर र राजेन्द्र घर्ती मगरले स्वर्गिय आमा नरकुमारी घर्ती मगरको स्मृतीमा एक लाख एक हजार १११ रुपैँयाको अक्षयकोष स्थापना गरेका हुन् । उनीहरुले ०७३ सालमा ४० हजार १११ रकमको ‘नरकुमारी घर्ती स्मृती अक्षयकोष’ सोही विद्यालयमा स्थापना गरेका थिए ।

अहिले पुन: सोही कोषमा ६१ हजार रकम थप गरेका हुन् । थप रकम परिवारको तर्फबाट कृष्ण कुँवरले विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रध्यानापकलाई प्रदान गरे । कोषको १८ प्रतिशतका दरले आउने व्याजको ५० प्रतिशत रकम गरिब, दलित तथा जेहेनदार विद्यार्थीलाई छात्रबृत्तीको रुपमा प्रदान गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन पोखरेलले जानकारी दिए ।

कोषको स्थापना गर्ने छोराहरु अहिले रोजगारीको शिलशिलामा गाउँबाहिर छन् । आफु गाउँमा नभएपनि गाउँको शैक्षिक संस्थाको प्रगती एवम् विद्यार्थीहरुको पढाइमा सहजता मिलोस् भन्ने उदेश्यले अक्षयकोषको स्थापना गरिएको विराज घर्तीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा