गुल्मी, ०७ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मीमा पनि प्रथम बार्षिकोत्सव मनाएको छ । सदरमुकाम तम्घासस्थित पार्टी कार्यालयमा बिहीबार रास्वपाले विभिन्न कार्यक्रम गरी प्रथम बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको अवसरमा क्षेत्र नम्बर १ का सदस्य विष्णु प्रसाद कडेंल, शान्ती मरासिनी, देवराज पाण्डे र लक्षमण अर्याल एवम् क्षेत्र नम्बर २ का सदस्य बाबुराम पन्थी, चेत नारायण भण्डारी र मन बहादुर जिसीलाई पद तथा गोपनियताको शपथ खुवाइएको छ ।
कार्यक्रममा उपस्थित सहभागिहरुले ७७ पटक घण्टी बजाएका थिए भने पार्टी कार्यालय बाहिर मैनबत्ती बालेका थिए । कार्यक्रममा प्रदेश बरिष्ठ सल्लाहकार मित्र बहादुर कुँवर, प्रदेश सदस्य तथा जिल्ला उप–संयोजक इश्वर कुँवर, पत्रकार हुमाकान्त पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम ज्येष्ठ नागरिक कपिलमणी पन्थीको अध्यक्षता, रास्वपाका लुम्बिनी प्रदेश सदस्य एवम् गुल्मी जल्ला सदस्य यूभी पोख्रेलको प्रमुख आतिथ्यता तथा उत्तम घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।