चालकमा रक्तचाप र गाडीमा यान्त्रिक समस्या

गुल्मी, १८ जेठ । गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडौका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कूल बसहरु, ट्रक, अटोरिक्सा, जीप लगायत गरी ३५ सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण गरेको थियो । जसमा चालकमा रक्तचाप र गाडीमा विभिन्न यान्त्रिक समस्या देखिएको हो । कतिपय चालकमा उच्च रक्तचाप र कतिपयमा न्यून भएकोले उपचार गराउन सुझाव समेत दिइएको छ । ‘केही चालकहरुले रक्तचापको औषधी नियमित रुपमा सेवन नगरेको, औषधी सेवन गर्दा समय नमिलाएको जस्ता समस्या देखियो ।’ चालकको स्वास्थ्य परीक्षण गरेका गुल्मी मोडल अस्पतालका स्वास्थ्यकर्मी भुवन रानाले भने, ‘औषधी नियमित सेवन गर्न र पूर्ण स्वास्थ्य परीक्षण गराउन सुझाए दिइएको छ ।’
सवारीमध्ये अधिकाशंको ब्रेकमा समस्या देखिएको छ । त्यसैगरी मुविल कम भएको, टायरको समस्या भएको लगायतका समस्या देखिएको अटोमेकानिकल घनश्याम पााण्डेले बताए । सवारीमा देखिएका यस्ता समस्याले जुनसुकै समयमा पििन सवारी बिग्रन सक्ने र यसले दुर्घटनाको जोखिम बढाउने पाण्डेको भनाई छ ।
जिल्ला ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले सवारी चालकहरुलाई यथाशिघ्र सवारी मर्मत गर्न सुझाव दिएको बताए ।

जिल्लामा सवारी दुर्घटना न्यूनिकरणको लागि चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परीक्षण गरेको उनको भनाई छ । अब अन्यत्र ठाउँमा जाने सवारीको लागि पनि परीक्षण गर्ने योजना रहेको आचार्यले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा