थानपती निमाविमा पहिलो पटक ईन्टरनेट जडान

जेठ २३ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माध्यमिक विद्यालयमा पहिलो पटक ईन्टरनेट जडान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काको विशेष पहलमा वल्ड लिन्क कम्पनीको नेट जडान गरिएको शिक्षक राजु पौडेलले जानकारी दिए ।

विद्यालयमा नेटको सुविधा नहुदा शिक्षक तथा विद्यार्थी ईन्टरनेट बाट बञ्चित भएका थिए ।
अहिलेको एक्काइसौं शताब्दीमा पनि विद्यालयमा ईन्टरनेट पहुँच नहुनु दु:खद विषय रहेको हुँदा आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न साथ त्यस तर्फ चासो दिदै विद्यालयमा नेट जडान गरेको अध्यक्ष खड्काले बताए । साथै ईन्टरनेटको दुरुपयोग भन्दा पनि उपयोग गर्न शिक्षक तथा विद्यार्थीलाई अध्यक्ष खड्काले आग्रह गरेका छन ।
इन्टरनेटले विद्यालयमा पठनपाठनमा सहजता ल्याउने हुँदा सिक्ने र सिकाउने कार्य प्रभावकारी हुने शिक्षक राजु पौडेलले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा