ऋणीको मृत्यु दाबी रकम भुक्तानी

प्रमिला सुनार
गुल्मी, १८ असार । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित अमरकल्याण बहुउदेश्यीय सहकारी संस्थाका ऋणीको मृत्यु दाबी रकम भुक्तानी गरिएको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दुईजना मृतक ऋणीको परिवारलाई सुर्यज्योती लाइफ इन्स्योरेन्ससँगको समन्वयमा रकम भुक्तानी गरिएको हो ।

संस्थाबाट सर्मिला श्रेष्ठले ३५ हजार ऋण लगेकोमा ४५ हजार पाँच सय र उमा पाण्डेले ७० हजार ऋण लगेकोमा ९१ हजार परिवारलाई प्रदान गरिएको सुर्यज्योती लाइफ इन्स्योरेन्सका सहायक प्रबन्धक अर्जुन पोखरेलले बताए । संस्थाले साविकको सुर्यलाइफ इन्स्योरेन्ससँग माइक्रोइन्स्योरेन्स सम्झौता गरेको थियो । सोही सम्झौताको आधारमा इन्स्योरेन्स ऋणीलाई रकम भुक्तानी गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाकी व्यवस्थापक अन्जु पन्थी, इन्स्योरेन्सका प्रमुख हुमाकान्त पोखरेलल गायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा