गुल्मी एसईई ः एकजनाको ‘चार’ जिपिए, १०८ जनाको ‘ए प्लस’

गुल्मी, २२ असार ।
गत बर्ष संचालन भएको एसईई परीक्षाको नजितामा गुल्मीमा एकजनाको चार जिपिए आएको भने १०८ जनाको ए प्लस आएको छ । छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयकी छात्रा स्मृती कंडेलले ‘चार जिपिए’ ल्याएकी हुन् । त्यस्तै जिल्लाबाट १०८ जनाले ग्रेड ‘ए प्लस’ ल्याएका छन् ।

परीक्षामा सहभागी विद्यार्थीमध्ये ३७१ जनाले ग्रेड ‘ए’, ९३१ जनाले ‘बी प्लस’, एक हजार ४८६ जनाले ‘बी’, एक हजार १०८ जनाले ‘सी प्लस’, २११ जनाले ‘सी’ र २४जनाले ‘डी प्लस’ ल्याएको जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । गत बर्ष संचालन भएको एसईईमा गुल्मीबाट कुल चार हजार २४० विद्यार्थी सहभागि भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा