रेसुङ्गा नगरपालिकाद्धारा मासु व्यवसायीलाई आवश्यक सामग्री प्रदान

गुल्मी, ०८ साउन ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरभित्र संचालनमा रहेका मासु पसलको लागि आवश्यक सामग्री प्रदान गरेको छ । सोमबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ३५ जना व्यापारीलाई मासु व्यवसाय संचालन गर्दा आवश्यक पर्ने एप्रोन, ग्लबस्, दाउ लगायतका सामग्री वितरण गरिएको हो ।

नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनीका अनुसार अझै केही व्यापारीलाई उक्त सामग्री प्रदान गरिनेछ । गत आर्थिक बर्षमा नगरपालिकाले मासु व्यवसायलाई लक्षित गर्दै बिनियोजन गरेको तीन लाख बजेटबाट व्यवसायीलाई आवश्यक सामग्री प्रदान गरिएको मरासिनीले बताए । कार्यक्रममा बोल्दै नगरप्रमुख खिलध्वज पन्थीले व्यवसायीलाई सफल बनाउन एवम् उपभोक्तालाई सफा मासु प्रदान गर्ने उदेश्यले सामग्री प्रदान गरिएको बताए । कार्यक्रममा उप–प्रमुख अमृता देवी कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर मरासिनी, वडा नम्बर ५ का वडाध्यक्ष दुर्गा प्रसाद खनाल, कार्यपालिका सदस्य, पत्रकार, विभिन्न शाखामा कार्यरत कर्मचारी, मासु व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा