घर भत्किदा तीनजना घाइते

गुल्मी, १० साउन । गुल्मीमा बुधबार घर भत्किदा तीनजना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका –२ भेडिखोर निवासी मुक्त बहादुर घर्तीको टिनले छाएको दुई तले कच्ची घरको पूर्वतर्फको भित्ता भत्किदा तीनजना घाइते भएका हुन् ।

घर भत्किदा मुक्त बहादुरकी छोरी बर्ष १२ की करिस्मा घर्ती, नौ बर्षिय छोरा हिक्मत घर्ती र छिमेकी देउवा परियारको १० बर्षिय छोरा अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लिनारायण पाण्डेले जानकारी दिए । करिस्माको बाहिरी चोटपटक देखिएको छैन भने हिक्मत र अम्मरको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा