रचनाको उपचारको लागि १० हजार सहयोग

गुल्मी, १७ साउन
आगोले जलेर गम्भीर घाइते भएकी रेसुङ्गा नगरपालिका–०८ की रचना विकलाई १० हजार आर्थिक सहयोग जुटेको छ । रेसुङ्गा नगरपालिका –०८ कै कर्ण बहादुर रायमाझीले बुधबार रचनाका बुबा दुर्गा बहादुर विकलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । बुधबार ८ नम्बर वडा कार्यालयमा वडाध्यक्ष निरञ्जन काउछा, वडा सदस्य कृष्ण प्रसाद भण्डारी, विष्णु बहादुर श्रीस, वडा सचिव निर्मला रोका समेतको उपस्थितिमा रायमाझीले रकम प्रदान गरेका हुन् ।

आगोले जलेर रचना विक गम्भीर घाइते भएको र उपचारका लागि आर्थिक अभाव भएको समाचार केही दिन पहिले रेडियो समृद्धि, रुरु एफ्.एम्. लगायतका सञ्चारमाध्यमबाट प्रशारण एवम् प्रकाशन भएको थियो । आफुले उक्त समाचार हेरेर रचनाको बारेमा सबै कुरा थाहा पाई सहयोग गरेको रायमाझीले बताए । वडाध्यक्ष काउछाले रचनाको उपचारको लागि सहयोग गर्ने कर्ण बहादुरलाई धन्यवाद् दिदैँ अन्यलाई पनि सहयोग गर्न अपिल गरे ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकोले विक परिवार अहिले छोरी बचाउनको लागि चन्दा संकलनमा छ । रचनाको लागि सिद्धबाबा माध्यमिक विद्यालयका विद्यार्थी एवम् शिक्षकले ५० हजार प्रदान गरेका छन् । १२ बर्षिय विक सिद्धबाबा माविमा कक्षा ६ मा अध्ययनरत थिइन् । डेढ महिनाअघि आगोमा जलेर घाइते भएकी उनको अहिले काठमाडौमा उपचार भइरहेपनि आर्थिक अभाव भएकोले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा