जिबराज आश्रितको जन्मथलोमै एमालेको समृति सभा

टोपलाल अर्याल
गुल्मी, १९ साउन । नेकपा एमालेका चार कमिटीहरुको संयुक्त आयोजनामा जिबराज आश्रितको ८० औ समृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। बिहिबार नेकपा एमाले मुसिकोट, चन्द्रकोट, सत्यवति र कालिगण्डकी गाउँकमिटीले एमालेका कुशल संगठक आश्रितको स्मृति सभा जन्मस्थान हरेवामा आयोजना गरेका थिए।

चन्द्रकोट गाउँकमिटी अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली र एमाले गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा थापाले टेलिफोनबाट कार्यक्रमलाई संबोधन गरेका थिए । त्यस्तै केन्द्रिय सदस्य गणेश खनाल र जंग नेपाली, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, मुसिकोट नगरपालिका प्रमुख जिवन खरेल, सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामु, कांग्रेस चन्द्रकोट कार्यसमिति सभापति बिष्णु भण्डारी, माओवादीका चन्द्रकोट गाउँकमिटी सचिव गोकर्ण शर्मा र रास्वपा चन्द्रकोट सल्लाहकार जागेश्वर शर्माले कार्यक्रमलाई संबोधन गरेका थिए । कार्यक्रममा पत्रकार घनश्याम गौतमले जीवराज आश्रीतको जिवनीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बोल्ने अधिकांश बक्ताहरूले जिवराजले नेपालको कम्यूनिष्ठ आन्दोलनमा गरेको योगदानको प्रशंसा गर्दै सबैको साझा नेताको रूपमा अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेकपा एमाले गुल्मी-रूपन्देही सम्पर्क कमिटी सचिव चिरन अर्यालले गरेका थिए । कार्यक्रमको पुर्वसन्ध्यामा बुधबार सरसफाई गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा