गुल्मीकाे मदानेमा ७० बर्षिय पुरूष मृत फेला

गुल्मी– गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला परेका छन्। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३ का नन्दे विक बिहीबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। मालिका गाउँपालिकाको वडा नम्बर ३ ह्वाङ्दीका विक आफन्तसँग भेटघाटको लागि बुधबार वडा नम्बर २ दर्लिङ गएका थिए।

उनी सोही दिन साँझ घर फर्के पनि घर नआएपछि उनको खोजी कार्य अगाडि बढेको थियो। बिहीबार दिउँसो स्थानीय पासे खोलास्थित कच्ची मोटरबाटोबाट अनुमानित तीन सय मिटर तल खसेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

स्राेत : नेपाल लाइभ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा