मदानेमा ३२ बर्षिय पुरुष मृत फेला

गुल्मी, साउन २६
गुल्मीमा ३२ बर्षिय पुरुष मृृत फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका–०३ सिर्सेनीका डिल्ली अर्याल बिहीबार साँझ मृत फेला परेका हुन् । मृतक अर्यालको मानसिक सन्तुलन गुमेको थियो । उनी १६ दिनदेखि हराइरहेका थिए । उनी हराएको निवेदन प्रहरीमा दर्ता भएपनि भेटिएका थिएनन् ।

बिहीबार साँझ स्थानीय सिम्लेको खोलामा शव फेला परेपनि पहिचान हुन सकेको थिएन । शुक्रबार बिहान मात्रै उक्त शव अर्यालको रहेको पुष्टि भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा