गुल्मी, साउन २६
आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि गुल्मी सदरमुकामका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । जिल्लाको रेसुङ्गा मावि, सिद्धबाबा मावि, आदर्श विद्या आश्रम, र गण्डकी बोर्डिङ स्कूल तीन दिनदेखि एवम् महेन्द्र नमुना मावि शुक्रबारका लागि बन्द भएको छ ।
केही विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखिएकोले एक दिनका लागि विद्यालय गरिएको महेन्द्र नमुना माविका प्रध्यनाध्यापक कृष्ण प्रसाद मरासिनीले जानकारी दिए । सिद्धबाबा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक डोर विक्रम श्रीसले झण्डै दुई सयभन्दा बढी विद्यार्थीहरुमा संक्रमण देखिएकोले विद्यालय बन्द गरेको बताए ।
अब आइतबार विद्यालय खुल्ने र संक्रमितको सङ्ख्या ५० सम्म भए उनीहरुलाई मात्रै घरमै राखेर पठन पाठन गर्ने, यदि संक्रमितको संख्या नघटे फेरी विद्यालय बन्द गर्ने श्रीसले बताए । पछिल्लो समय मानिसहरुमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ ।