spot_imgspot_img

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

हुमाकान्त पोखरेल
गुल्मी, २८ साउन । लगातारको बर्षाले पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । आइतबार बिहान ११ बजेको समयमा कालिगण्डकी गाउँपालिका–१ हर्मिचौर देखि अर्वेनी सडक खण्डको ठुलाखोमा सडक माथिबाट पहिरो खसेपछि करिडोर पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरो हटाउनको लागि तीनओटा एक्साभेटर प्रयोग गरिएको छ । तर माथिबाट निरन्तर ढुङ्गा खसिरहेकोले सडक सुचारु गर्न गाहे परिरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी डिल्लिनारायण पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा