सुमन महतरा, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाले एक आ.वमा अनुगमन ,भ्रमण ,बैठक र गोष्ठिमा गरि ३१ लाख ९४ हजार रुपैया खर्च गरेको छ ।
गाउँपालिकाले अनुगमनमा ११ लाख रुपैयाँ ,विभिन्न बैठक खर्च भनेर ५ लाख ९४ हजार रुपैयाँ ,गोष्ठीमा ५ लाख रुपैयाँ र भ्रमणमा ५ लाख रुपैया गरि जम्मा ३१ लाख ९४े हजार रुपैयाँ खर्च गरेको हो ।
गाउँपालिकाले पालिकाका जनप्रतिनिधि र कर्मचारीले गर्ने विभिन्न अनुगमनहरु गाउँपालिकाबाट सञ्चालित विभिन्न विकासका कार्यक्रमको अनुगमनमा सबैभन्दा बढि रकम खर्च भएको छ ।
गाउँपालिका उपाध्यक्षको नेतृत्वमा हुने विभिन्न विकासका कार्यक्रमको अनुगमन र बिभिन्न शाखाहरुले गर्ने आ-आफ्नो शाखाको अनुगमनमा अनुगमन खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल प्रशाद भुषालले बताए ।
उनले गाउँपालिकाबाट सञ्चालित ३ लाखभन्दा ठुला योजनाहरुको अनुगमन हुने बताए । त्यस्तै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको भ्रमणमा पनि गाउँपालिकाले झन्डै ५ लाख रुपैयाँ खर्च गरेको छ भने विभिन्न बैठकमा र गोष्ठीमा पनि ५ लाख चौरनव्वे हजार रुपैयाँ खर्च गरेको हो । गाउँपालिकाले यस्ता अनुत्पादक क्षेत्रमा लाखौं रुपैयाँ खर्च गर्नाले यहाँको विकासमा असहज भने पक्कै हुने देखिन्छ ।
त्यस्तै गाउँपालिकाका एक आ.वमा इन्धनमा झन्डै १७ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकामा एक चार पाङ्ग्रे गाडि २१ वटा मोटरसाइकल र दुईवटा स्कुटि गरि गाउँपालिकामा २५ वटा सवारीसाधन छन् । २५ वटा साना ठुला सवारीसाधनका लागि गाउँपालिकाले एक आर्थिक वर्षमा सो्ह लाख नब्बे हजार दुई सय एकनब्बे रुपैयाँको इन्धन खर्च गरेको छ ।
त्यस्तै गाउँपालिकाले एक आर्थिक वर्षमा चिया खाजा र खानामा १२ लाख १८ हजार ६ सय पचपन्न रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले चिया खाजा र खानामा ८ लाख ६८ हजार ६ सय पचपन्न र अतिथि सत्कारमा तिन लाख पचास हजार रुपैयाँ खर्च गरेको हो ।
साभार : gtvnepal.com