पूर्वमन्त्री विष्टद्धारा गुल्मी अस्पतालको अनुगमन

हुमाकान्त पोखरेल, गुल्मी
३१ साउन । पूर्वमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्ण विष्टले निर्माणाधिन गुल्मी अस्पतालको अनुगमन गरेका छन् । बुधबार लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, रेसुङ्गा नगरपालिकाका उप–प्रमुख अमृता देवी कुँवर, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, पत्रकार, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायसँगै विष्टले अस्पतालको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा केही राजनीतिक दलका प्रतिनिधिहरुले कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका थिए । मन्त्री विष्टले भने आगामी छ महिनामै अस्पतालको निर्माण कार्य सक्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । अस्पतालका केही कोठा अध्याँरो भएको भन्दै उनले त्यसलाई तत्काल सच्याउन आग्रह गरे ।

‘काम भइरहेको छ, अझ तिब्र गतिमा काम गर्नुपर्नेछ ।’ विष्टले भने, ‘अस्पताल निर्माणपछि जिल्लाको स्वास्थ्य सेवाले फड्को मार्नेछ ।’ पूर्वमन्त्री विष्टले अस्पतालको इमर्जेन्सी कक्षको पनि अवलोकन गरेका थिए । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले जनशक्तिको अभावले काममा समस्या भएको गुनासो राखेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा