स्नातक प्रथम बर्षका विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति

हुमाकान्त पोखरेल
०५ भदौ, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले स्नातक प्रथम बर्षमा गाउँपालिकाभित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै पालिकाभित्रैको दिगाम आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि प्रथम बर्षमा पूर्ण छात्रबृत्ति उपलब्ध गराउने जानकारी गराएको हो । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले गाउँका क्याम्पसको प्रवद्र्धन गर्न र बसाइसरार्इँ रोक्न यो निर्णय गरिएको बताए ।

यसभन्दा अगाडी क्याम्पसमा नियमिततर्फ आठजना विद्यार्थी भर्ना भएका थिए । छत्रकोट गाउँपालिकाले यसभन्दा अगाडी विद्यार्थीहरुको पक्षमा महत्वपूर्ण निर्णय गरेको थियो । यसै शैक्षिक बर्षदेखि लागु हुनेगरी एसइईमा २.८ वा सोभन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरुले पालिकाभित्रै विद्यालयमा अध्ययन गरेमा कक्षा ११ र १२ मा निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेको थियो । यस निर्णयअन्तरगत अहिले पनि भर्ना अभियान चलिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा