spot_imgspot_img

सबै हिसाबले माओवादी केन्द्र बलियो र सक्षम छ ः नेता महरा

हुमाकान्त पोखरेल
गुल्मी, ०५, भदौ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता एवम् पार्टीका स्थायी कमिटी सदस्य जोख बहादुर महराले सबै हिसाबले माओवादी केन्द्र बलियो र सक्षम रहेको बताएका छन् । मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा माओवादी केन्द्रद्धारा आयोजित पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता महराले पार्टी विचार, कार्यदिशा, कार्यशैलि एवम् नेतृत्व सबै हिसाबले बलियो र सक्षम रहेको दाबी गरे ।

पार्टीको तीन महिने कार्यक्रमलाई लक्षित गर्दै नेता महराले पार्टी कुनै पनि हिसाबले कमजोर नभएकोले सबै नेता तथा कार्यक्रताहरु पार्टी काममा उत्साहपूर्वक लाग्न निर्देशन दिए । माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देशका ठुला ठुला भ्रष्टाचारका काण्डहरुको फाइल खुलेको भन्दै नेता महराले अब देशमा सुशासन आउने आशा व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रले ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ तीन महिने जनतासँग माओवादी कार्यक्रम यही भदौ १६ गतेबाट संचालन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा माओवादी केन्द्र, गुल्मीले मंगलबार पूर्ण बैठक सम्पन्न गरेको हो ।

यसैबीच जनता समाजवादी पार्टी गुल्मीका दुई नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै जसपा गुल्मीका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे र उपाध्यक्ष पदम बहादुर खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा