विकृति विसङ्गति विरूद लडेर माओवादीले जनतामा सुशासनको अनुभुती दिलाउछ ः नेता क्षेत्री

अनिल नेपाली
०७ भदौ, अर्घाखाँची । देशमा भएका बिकृति बिसङ्गति लाई अन्त्य गरेर जनतालाई विकास समृद्धि सुशासनको अभियानमा जोड्नुपर्ने नेकपा माओवादीका केन्द्रीय सदस्य तथा अर्घाखाँचीका अभियान ईन्चार्ज बामदेब क्षेत्रीले बताउनुभएको छ । बिहीवार सम्पन्न मालारानी गाँउपालिकाको बैठकलाई सम्वोधन गदै नेता क्षेत्रीले यस्तो बताउनुभएको हो ।

नेता क्षेत्रीले राष्ट्रियता ,जनतन्त्र , जनजिविका जनतालाई बैज्ञानिक समाजबादी युगमा प्रवेश गराउनको लागि लामोसमय सम्म त्याग समर्पण बलिदान गरी देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन भुमिका निर्वाह गरेको पार्टी माओवादी भएकोले माओवादीले देशमा नागरिकलाइ सुशासनको अनुभुती दिलाउने बताउदै नेता क्षेत्रीले पार्टी कुनै पनि हिसाबले कमजोर नभएकोले सबै नेता तथा कार्यक्रताहरु पार्टी काममा उत्साहपूर्वक लाग्न निर्देशन दिदै माओवादी केन्द्रको नेतृत्वमा रहेको बर्तमान सरकार गठन भएपछि ललिता निवास, भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देशका ठुला ठुला भ्रष्टाचारका काण्डहरुको फाइल खुलेको भन्दै नेता क्षेत्रीले अब देशमा सुशासन माओवादीकै पालामा हुने बताए नेकपा माओवादी केन्द्रले ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नाराका साथ तीन महिने जनतासँग माओवादी कार्यक्रम यही भदौ १६ गतेबाट संचालन गर्दैछ ।

त्यसैको पूर्वसन्ध्यामा माओवादी केन्द्र,अर्घाखाँचीले पालिका बैठक सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा सस्कृति पर्यटन राज्य मन्त्री शुसिला श्रीपाली, बैकल्पिक केन्द्रीय सदस्य निम ब पाण्डे जिल्ला सयोजक राजेन्द्र भुसाल नेता एनबी पाण्डे , प्रदेश सदस्य कृष्ण सारू प्रदेश सदस्य देब ब रायमाझी सल्लाहकार दोण प्र भुसाल लगायतको आतिथ्यता रहेको थियोे कार्यक्रम अध्यक्ष पदम क्षेत्रीको अध्यक्षता सचिव शिवलाल कुवरको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा