माओवादीकाे तीन महिने अभियान : धुर्काेटमा बैठक सम्पन्न

गुल्मी, ०८ भदाै । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँकमिटी, गुल्मीको बैठक सम्पन्न भएको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ सम्पन्न बैठकमा पार्टीको तीन महिने अभियान सफल बनाउने बिषयमा छलफल भएको छ । बैठकमा धुर्कोट गाउँपालिकाअन्रतगत रहेका सातवटै वडा कमिटीले वडाको रिपोर्ट प्रस्तुत गरेका थिए । रिपोर्ट प्रस्तुत गर्ने अधिकाशं पार्टी प्रतिनिधिले

सरकारले भ्रष्ट्राचार विरोधी अभियान सुरु गरेकोले यसलाई नरोक्न आग्रह गरेका थिए । बैठकका प्रमुख अतिथि माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महराले सरकारको भ्रष्ट्राचार बिरुद्धको अभियान नरोकिने बताए । माओावादी केन्द्रको नेतृत्वमा सरकार गठन भएदेखि नै सबै राम्रा काम भएको दाबी गर्दै नेता महराले अब तीन महिने अभियान सफल बनाउन सब कार्यक्रताहरुलाई निर्देशन दिए । बैठकमा पार्टी केन्द्रीय सदस्य निमकान्त डाँगी, वैकल्पिक केन्द्रीय सदस्य निम बहादुर पाण्डे, पार्टीका नेताहरु भुपाल पोखरेल, अर्जुन बुढामगर, देविराम अर्याल, वेगम बहादुर चन्द, राजन पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

बैठक पार्टीका गाउँकमिटी अध्यक्ष गोपाल कुँवरको अध्यक्षता एवम् उपाध्यक्ष चेतमान कुँवरको संचालनमा सम्पन्न भएको थियो ।…

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा