गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन

गुल्मी – गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । घटनाबारे सत्य/तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरकाे संयोजकत्वमा समिति गठन भएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको उपचारका क्रममा मङ्गलवार ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएको प्रतिक्रिया दिनुभएको थियो । तर अस्पतालले मृत्युको कारणबारे स्पष्ट जानकारी नदिएको भन्दै पीडित परिवारका आफन्त र स्थानीयले अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन पनि गरेका छन् । अस्पतालको लापर्बाहीका कारण बालिकाको ज्यान गएको उनीहरूको आरोप छ ।

यसैबीच अस्पतालले सबै सेवा नियमित सञ्चालन भइरहेको जानकारी दिएको छ । यसअघि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द भनेर आएको विज्ञप्ति अस्पतालको आधिकारिक नभएको बताइएकाे छ ।

साभार ः उज्यालो अनलाईन

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा