spot_imgspot_img

शुक्रबारदेखि रेसुङ्गा बिमानिस्थलमा नियमित उडान हुने

हुमाकान्त पोखरेल
गुल्मी, १३ भदौ । गुल्मीको रेसुङ्गा बिमानिस्थलमा शुक्रबारदेखि पनुः उडान हुने भएको छ । जसका लागि नेपाल एयरलाइसेन्सले टिकल बिक्री खुल्ला गरेको छ । प्रतिकुल मौसमका कारण विगत दुई महिनादेखि बिमानिस्थलमा उडान हुन सकेको थिएन । पछिल्लो पटक काठमाडौबाट रेसुङ्गाका लागि असार ६ गते उडान भएपनि खराब मौसमका कारण जहाज बीच बाटोबाटै काठमाडौ फर्किएको थियो ।

त्यसपछि भने कुनै उडान भएको छैन । रेसुङ्गा बिमानिस्थलमा गत वैशाख अन्तिम साताबाट नियमित उडान सुरु भएको थियो । त्यसपछि जेठको अन्तिम साता उडान भएकोमा त्यसयता भने उडान हुन सकेको थिएन । उडान बन्द भएपछि विभिन्न संचार माध्यममा समाचार समेत प्रकाशन भएको थियो । शुक्रबारदेखि हुने उडानको लागि एयरलाइसेन्सको वेभसाइटबाट टिकट काट्न सकिने रेसुङ्गा गरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ ः ३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ ः ४५ बजे उडान गर्ने समय तालिका रहेको छ । रेसुङ्गा विमानस्थलमा बिहानी समय मात्रै उडानको लागि उपयुक्त छ । दिउँसमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा