सबै पार्टीहरू माओवादीकाे एजेन्डामा चलेका छन् : महरा

गुल्मी, १६ भदाै ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेश संसदीय दलका नेता जाेख बहादुर महराले नेपालका सबै पार्टीहरू माओवादी केन्द्रकाे एजेण्डामा चलेकाे बताएका छन् । `जनजनमा माओवादी, घर घरमा माओवाादी´ भन्ने नाराका साथ संचालन भएको जनतासँग माओवादी तीन महिने विशेष रूपान्तरण अभियानकाे शनिबार गुल्मीको रेसुङ्गा नगरपालिका -१२ मा उद्घाटन गर्दै नेता महराले देशका सबै दलहरू माओवादीकै वरिपरि रहेकाे बताए ।

धर्मनिरपेक्षता, तीन तहका सरकारसहितकाे संघीयता, समावेशीता जस्ता महत्त्वपूर्ण एजेन्डा माओवादी केन्द्रकाे भएको भन्दै नेता महराले अहिले पार्टीहरू यिनै एजेन्डाहरू स्वीकार्न बाध्य भएको बताए । फरक प्रसङ्गमा नेता महराले अहिलेकाे प्रचण्ड सरकारले भ्रष्टाचार न्यूनिकरण र सुशासनका पक्षमा दृढताकाे साथ काम गरेको दाबी गरे ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन प्रकरण लगायतका बिषयमा सरकारले छानविन गरिरहेकाे हुँदा नागरिकमा सरकारप्रति आशा पलाएको नेता महराको भनाई छ ।
नेकपा माअाेवादी केन्द्रले आजबाट तीन महिने विशेष रूपान्तरण अभियान सुरू गरेकाे छ । उक्त अभियानकाे कमान्डरकाे रूमा महरा विगत केही दिनदेखि गुल्मी छन् ।

तीन महिनासम्म संचालन हुने अभियानमा माअाेवादी केन्द्रले हरेक नागरिकलाई भेट्ने, पार्टी र सरकारले गरिरहेकाे कामकाे नागरिकस्तरमा प्रचार गर्ने, नागरिकसँग छलफल गरि गुनासा संकलन गर्ने लगायतका पार्टी सुदृढीकरण र जनपक्षीय काम गर्ने माअाेवादी केन्द्र गुल्मीका सचिव अशाेक थापाले जानकारी दिए ।

रेसुङ्गा नगरपालिका -१२ काे कार्यक्रममा माअाेवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गीता थापा, नगर सह-इन्चार्ज खड्ग श्रेष्ठ, नगर अध्यक्ष गिरिप्रसाद महाकिम, प्रेस सेन्टरका केन्द्रीय सचिव प्रेम सुनार, नेता महराका स्वकीय सचिव भरत नेपाली लगायत नगर एवम् वडा कमिटीका विभिन्न पदाधिकारीहरूकाे आतिथ्यता रहेकाे थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा