अभिभावकबिहिन बालबालिकालाई सहयोग हस्तान्तरण

टोपलाल अर्याल
गुल्मी, १६ भदौ । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका कृष्ण र लक्ष्मी नेपालीका दम्पतीका बिचल्लीमा परेका छोराछोरीहरुलाई सहयोग हस्तान्तरण गरिएको छ । केहिदिन अघि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँको ‘मातृबियोगमाथि कलिलो काँधमा बिपन्नताको भारी !’ शिर्षकको समाचार प्रकाशन भएको थियो । नयाँ पत्रिका राष्ट्रिय दैनिकको स्टोरी पढेर विभिन्न व्यक्तिहरु र संस्थाबाट प्राप्त सहयोग गर्ने बालबालिकालाई शनिबार बिहान घरमै पुगेर प्रदान गरिएको हो । बालबालिकाको अवस्था देखेर बाँके जिल्ला खजुरा गाउँपालिका १ घर भई १५ बर्षदेखि अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले उपलब्ध गराएको खाद्यान्य लत्ताकपडा र नगद पाँच हजार गरेर ३५ हजारको सहयोग गरिएको छ ।

उत्त सहयोग जिटिभीका संचालक दिपक नेपालीले १७ बर्षीया छोरी सपना नेपाली र परिवारलाई हस्तान्तरण गरेका थिए । त्यस्तै स्याङजा जन्मिएर अहिले न्यूयोर्कमा रहेका प्रविन केसीद्धारा प्राप्त नगद १३ हजार, गुल्मी अस्पतालका पुर्व कार्यालय प्रमुख डाक्टर उत्तम पच्या, पैचो पसल प्रालिका संचालक धुव्र्र न्यौपाने र नयाँपत्रिकाकर्मी अम्बिका पौडेलद्धारा प्राप्त पाँच÷पाँच रकम नयाँ पत्रिकाकर्मी टोपलाल अर्यालले बालबालिकाको व्यावस्थापकीय कामका लागि धुर्कोट गाउँपालिका–१ का वडाध्यक्ष चेतमान कुवंरलाई प्रदान गरे ।

गत ५ भदौमा आमा लक्ष्मी नेपालीको मृगौला फेल भएर ज्यान गएपछि नौ बर्षीय सागर नेपालीले काजकिरिया गरिरहेका छन् । बुबा कृष्ण नेपाली बेपत्ता भएको तीन बर्ष भए । ११ बर्षीय दाजु हिमालले पाँच दिनपछि किरिया गर्न सकेनन् । १७ बर्षीया दिदि सपनाले भाईहरुको सहजीकरण गरिरहेकी छन् । सहयोग प्राप्त गरेपछि सपना खुसी भइन् । वडाध्यक्ष कुवंरले पत्रकारिताको माध्यमबाट विचल्लीमा परेका बालबालिकाको जिविकोपार्जनमा नयाँ पत्रिकाकर्मी अर्याल र सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा