गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

१७ भदौ, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा