७० बर्षिया बृद्वा मृत फेला

गुल्मी, १८ भदाै । आठ दिनदेखि हराइरहेकी बृद्वा मृत फेला परेकी छिन् । जिल्लाकाे इस्मा गाउँपालिका -०५ रजस्थल निवासी ७० बर्षिया ज्ञानुमाया बस्नेत साेमबार बिहान मृत फेला परेकि हुन् । उनी इस्मा गाउँपालिका -०४ दाेहाेलीकाे कुबिन्नेकाे जंगलमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक नवीन किशाेर प्रधानले जानकारी दिए । बस्नेतकाे शव साेमबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बस्नेत घरमा एक्लै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा