रुरुक्षेत्रमा सभाहल प्रयोगको चर्चा ः यस्तो छ वास्तविकता

हुमाकान्त पोखरेल
गुल्मी, १८ भदौ । नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटी अध्यक्ष फर्सुराम ज्ञवालीले सोमबार गाउँपालिकाको सभाहलमा नेकपा माओवादी केन्द्रले पार्टीको कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ती जनाए । माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मुल नाराका साथ संचालन गरेको तीन महिने विशेष अभियान भदौ १६ गते सभाहलमा सम्पन्न गरेको थियो । माओवादी केन्द्रको यस कार्यक्रमलाई ज्ञवालीले यसलाई सत्ताउन्माद र दुरुपयोग भनेका छन् । ज्ञवालीको यस धारणामा विभिन्न टिकाटिप्पणी भइरहेको छ । तर यसको वास्तविकता भने अर्कै रहेको छ । गाउँपालिकाका प्रशासन शाखाका रामप्रसाद ज्ञवालीले पालिकाको हल भाडामा प्रयोग गर्न दिइएको बताए ।

जुनसुकै पार्टी वा संघ संस्थाले कार्यक्रम गर्न खोजे प्रतिदिन एक हजार रुपैँया भाडा लिने र त्यसपछि हल प्रयोग गर्न दिने निर्णयअनुसार माओवादी केन्द्रलाई हल उपलब्ध गराएको बताए । हल प्राप्त गर्नको लागि माओवादी केन्द्रले पालिका अध्यक्षलाई सम्बोधन गर्दै भाद्र १३ गते पत्र पठाएको थियो । सोही पत्रको आधारमा रकम लिएर हल भाडामा दिइएको रुरुक्षेत्रले जनाएको छ । उक्त हलमा यसभन्दा अगाडी पनि नेवार समुदाय लगायतका संघ संस्थाले एक हजार भाडा तिरेर हल प्रयोग गर्दै आएको पालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

एमाले रुरुक्षेत्रका अध्यक्ष फर्सुराम ज्ञवालीले गाउँपालिकाको पोडियममा पालिकाकै नाम देखिएकोले नैतिक प्रश्न उठाएको प्रतिक्रिया दिए । अहिले जिल्लाको चन्द्रकोट गाउँपालिकाले पनि प्रति दिन एक हजारमा नयाँ सभाहल जुनसुकै संघ संस्थालाई उपलब्ध गराउदैँ आएको छ ।.

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा