गुल्मी, २० भदौ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्य समिति गुल्मीको साधारण सभा सम्पन्न भएको छ । बुधबार जिल्ला सदरमुकाम तम्घासमा संस्थाको १८ औँ साधारण सभा एवम् विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका सचिव गणेश अधिकारीले सांगठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष लोकेन्द्र बहादुर कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले जिल्लामा विभिन्न रचनात्मक कार्यहरु गरेको सचिव अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले छत्रकोट गाउँपालिकामा रहेको चोयघा मन्दिरमा भजनकृतनसहितको विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाकी गुल्मी जिल्ला अध्यक्ष शिलु भट्टराईको अध्यक्षता, प्रदेश सचिव योगराज पोख्रेलको प्रमुख आतिथ्यता एवम् प्रदेश समिति सदस्य प्रकाश बस्नेतको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै संस्थाका पूर्व अध्यक्ष जनक पन्थ, खुम खत्री, पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे, आजिवन सदस्य लगायतको आथिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष मोहन बस्नेतको स्वागत मन्तव्य एवम् सचिव गणेश अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।