रेसुङ्गा नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

हुमाकान्त पोखरेल
गुल्मी, २० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिकाले भोली अर्थात बिहीबार सार्वजनिक बिदा दिएको छ । सदरमुकाम तम्घासमा परम्परादेखि नै चलिआएको श्रीकृष्णजन्माष्टमीको भोलिपल्ट ‘साँस्कृतिक रोपाई जात्रा’ हुने भएकोले बिदा दिइएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै भदौ १० गतेको नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

बिदाको अवसरमा नगरपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, संघ संस्थाहरु, विद्यालय लगायत नगरपालिका मातहतका सम्पूर्ण निकायहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद अर्यालले जानकारी दिए । भदौ २१ परेको उक्त जात्रामा आम नगरबासीको सहभागितार्ला सहज बनाउन र कार्यक्रमलाई भव्य बनाउन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा