गुल्मी जिल्ला अदालतद्वारा लक्ष्यभन्दा बढी मुद्धा फस्र्यौट

गुल्मी,२१ भदौ । गुल्मी जिल्ला अदालतले गत आर्थिक बर्षमा लक्ष्यभन्दा बढी प्रगती गरेको छ । बिहीबार अदालतमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी लक्ष्यभन्दा बढी प्रगती गरेको जानकारी दिइएको हो । गत आर्थिक बर्ष २०७९÷८० मा कुल २७२ थान मुद्धा फस्र्यौट गर्ने लक्ष्य लिइएकोमा जिल्ला अदालतले ५७६ अर्थात लक्ष्यको १२२.०३ प्रतिशत मुद्धा फस्र्यौट गर्न सफल भएको जिल्ला न्यायधिस बसन्तराज पौडेलले जानकारी दिए । गत आर्थिक बर्षमा नयाँ ५२३ र अघिल्ला बर्षका १८९ गरी कुल ७१२ मुद्धा थिए । अब जिल्ला अदलतमा १३६ मुद्धा फस्र्यौट गर्न बाँकी रहेका छन् । गत आर्थिक बर्षमा अदालतमा ३८२ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भए । जसमध्ये १०३ मुद्धा फैसला भए भने २२५ मुद्धा मिलापत्र भए । ५४ मुद्धा बाँकी रहेका छन् । जबरजस्ती करणीका ४३ थान मुद्धा रहेकोमा २७ थान फस्र्यौट भएका छन् भने सात थान बाँकी रहेका छन् । जिल्ला अदालतको अभिलेख शाखामा २३ हजार ९९१ मिसिल रहेकोमा १२ हजार ४७० थान मिसिल कम्युटरमा प्रविष्ट भएका छन् । बाँकी मिसिल २०३४ सालभन्दा अगाडीको भएको र उक्त मिसिलहरुको अक्षरहरुमा किरो लागि नबुझिने भएको अदालतले जनाएको छ । दण्ड जरिवानाको लागत सबै सफ्टोयरमा दर्ता गरिएको, बार्षिक कार्ययोजनामा उल्लेख भएका व्यवस्थापकीय कार्य, अन्य समितिहरुको बैठक, परामर्श लगायतका सबै कार्यहरु तोकिएको समयमा नै सम्पन्न भएको गुल्मी जिल्ला अदालतले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा