गुल्मी, २१ भदौ ।
यही भदौ १६ गतेदेखि २० गतेसम्म सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट गुल्मीबाट १६ जना निर्वाचित भएका छन् । जसमध्ये आठजना निर्विरोध र आठजना निर्वाचन प्रक्रियाबाट चुनिएका छन् । निर्वाचन प्रणालीबाट डाक्टर गोकर्ण पन्थी, टिकाराम पाण्डे, खिमानन्द भण्डारी, थम्मन बहादुर जिसी, लिल बहादुर विष्ट, सोमनाथ सापकोटा, फर्सुराम न्यौपाने र मधुकृष्ण पन्थ निर्वाचित भएका छन् । ४० बर्षमुनिको युवाबाट नरेश भण्डारी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । महिलातर्फ कमला गौतम, चन्दा पराजुली, तुल्सीकुमारी श्रेष्ठ, नर्मदा भण्डारी, ललिता गौतम, दलितबाट कृष्ण सुनार र आदिबासी जनजातिबाट जंगबहादुर श्रीस निर्विरोध निर्वाचित भएका भएका छन् ।