गुल्मीमा बेवारिसे शव फेला

गुल्मी, २२ भदौ ।

गुल्मीमा बेवारिसे अबस्थामा शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा – ४ लुम्दिखोला स्थित बढीगाड खोलाको किनारमा  शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभाट चौधरीले जानकारी दिनुभयो ।
सडेको अबस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । निजको शवलाई इलाका प्रहरी कार्यालय जोहोङको टोलीले स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको  छ ।
शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिने र आफन्तीहरु पहिचान भई आएमा शवलाई जिम्मा लगाइने  गुल्मी  प्रहरीले जनाएको छ ।

स्रोत ः गुल्मीअपडेट डट कम

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा