गुल्मीमा निजामती सेवा दिवस मनाइयो

हुमाकान्त पोखरेल
गुल्मी, २२ भदौ । गुल्मीमा निजामती सेवा दिवस मनाइएको छ । निजामती सेवा दिवस जिल्ला समारोह समितिको आयोजनामा ‘व्यवसायीक र सिर्जनशिल प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा कर्मचारीहरुले बिहान बालमन्दिरदेखि पुरानो बजार, पुतलीबजार, भीमचोक हुँदैँ पुन बालमन्दिरसम्म बजार परिक्रमा गरेका थिए ।

कार्यक्रमको उपलक्ष्यमा विगत दुई दिनमा संचालन गरिएका विभिन्न प्रतियोगिताहरुको पुरस्कार पनि प्रदान गरिएको थियो । जसमा व्याडमिन्टन भेट्रानतर्फ नविन किशोर प्रधान र विनय चर्तुवेदी प्रथम, हरिप्रसाद अर्याल र विजय खनाल द्धितिय एवम् पशुपति कडेँल र छविन्द्र बेल्वासे तृतिय भएका छन् । व्याडमिन्टर खुल्लातर्फ यम बहादुर महत र ललित चौधरी प्रथम, कृष्ण पन्थी र लोकेन्द्र कुँवर द्धितिय र प्रकाश घर्ती र प्रकाश चौधरी एवम् राम बहादुर कुमाल र कृष्ण सारु तृतिय भएका छन् । म्युजिकल चेयरतर्फ रामकुमारी घर्ती प्रथम, मुना शर्मा द्धितिय र गीता मुखिया तृतिय एवम् फुटसलतर्फ सौगात पौडेलको समुह प्रथम र प्रेम बहादुर विकको समुह द्धितिय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्लि विश्वकर्माले जानकारी दिए ।

संचालन भएका विभिन्न प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गर्ने एवम् मेडिकल समुहलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघको तर्फबाट कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, सुरक्षा निकायको तर्फबाट प्रहरी उपरीक्षक नविन किशोर प्रधान एवम् प्रमुख अतिथि जिल्ला न्यायधिश बसन्त पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाईमा कार्यरत रामप्रसाद पन्थीले कर्मचारीसम्बन्धि कविता बाचन गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीको अध्यक्षता, जिल्ला न्यायधिश पौडेलको प्रमुख आतिथ्यता एवम् सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा